नौ बुँदे सहमतिपछि डाक्टर केसीले तोडे अनसन

 साउन १०, २०७५ बिहिबार २२:४५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं -चिकित्सा शिक्षा सुधारका विभिन्न माग गर्दै २७ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीले अनसन तोड्नु भएको छ । 

सरकारसँग विभिन्न ९ बुँदामा सहमति भएपछि डाक्टर केसीले शिक्षण अस्पताल, महाराजगञ्जमा नेकपा नेता सुवासचन्द्र नेम्वाङ लगायतको उपस्थितिमा अनसन तोड्नुभएको हो । सहमतिपत्रमा हस्ताक्षर भएपछि केदारभक्त माथेमा र नेकपाका नेता सुवासचन्द्र नेम्वाङले जुस खुवाएर डाक्टर केसीको अनसन तोडाउनु भएको हो । 

सरकारसँगको सहमति पत्रमा डाक्टर गोविन्द केसी र सरकारी वर्ता टोलीका संयोजक तथा शिक्षा मन्त्रालयका सचिव खगराज बरालले हस्ताक्षर गर्नु भएको छ । 

आजै पनि दिउसभर अन्य बुँदामा सहमति भए पनि १० वर्षसम्म काठमाडौं उपत्यकामा नयाँ मेडिकल खोल्न नपाउने डाक्टर केसीको मागमा सरकार र डाक्टर केसीपक्षबीच लामै रस्साकस्सी भएको थियो ।

सरकारले डाक्टर केसीलाई यस विषयमा गलाउन खोजे पनि डाक्टर केसीको अडानसामू सरकार आफै गलेको छ । माथेमा आयोगको प्रतिवेदन अनुरुप नै सरकारले डाक्टर केसीसँग आउँदो १० वर्षसम्म काठमाडौंमा नयाँ मेडिकल कलेज नखोल्ने सहमति गरेको छ । 

 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • झल ब थापा

    July 27, 2018, 4:01 a.m.

    बार्ता सफल भएकोमा स्वागत छ र कार्यन्यन पक्ष हेर्न बाकी छ।

  •  0 Reply
  • suresh khanal

    July 26, 2018, 10:52 p.m.

    काम चाहिं अब बन्ला जस्तो छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया