रानीपोखरीको पुनर्निर्माणमा चोरीको बिजुली, प्राधिकरणलाई ३ लाख रुपैयाँ तिर्नुपर्ने

 चैत ६, २०७६ बिहीबार १४:७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - ऐतिहासिक रानीपोखरीको पुनर्निर्माणमा बिजुली चोरेर काम भइरहेको फेला परेको छ । 

नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रको चुहावट नियन्त्रण टोलीले रानीपोखरीको छेउबाट गएको वितरण लाइनबाट डाइरेक्ट हुकिङ गरी पुनर्निर्माणमा बिजुली प्रयोग भइरहेको फेला पारेको हो । 

टोलीले विद्युत् चोरी गरी प्रयोगमा ल्याएका पानी तान्ने मोटर, बत्तीलगायतका उपकरण नियन्त्रणमा लिएको छ । रानीपोखरीको पुनर्निर्माण उपभोक्ता समितिबाट भइरहेको छ ।  

केन्द्रका प्रमुख प्रज्वलमान श्रेष्ठले फिल्ड रिपोर्ट र एक वर्षको खपत विवरणलाई आधार मानेर दुई लाख ९५ हजार आठ सय ९२ रुपैयाँ उपभोक्ता समितिबाट असुल गर्ने निर्णय भएको जानकारी दिनुभयो । 

उहाँले डाइरेक्ट हुकिङबाट एक लाख ४७ हजार आठ सय २३ रुपैयाँको विद्युत् चोरी भएको, त्यसमा शतप्रतिशत जरिबाना, लाइन काटेको र मूल्य अभिवृद्धि करसहित दुई लाख ९५ हजार आठ सय ९२ रुपैयाँ निर्धारण गरिएको जानकारी दिनुभयो । 

उनले भन्नुभयो, ‘उपभोक्ता समितिले बुधबार निर्धारण गरिएको रकम बुझाइसकेको छ, अब मिटर राखेर विद्युत् जडान गर्ने तयारी भइरहेको छ ।’  

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया