चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – कल वाइपास सबैले सुन्दै आएको हो तर एक जना भारतीयले भने एसएमएस नै वाइपास गरेको तथ्य फेला परेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अत्याधुनिक प्रविधिको प्रयोग गरी एसएसमएस वाइपास गरेको नेपालमा पहिलो भएको दाबी गरेको छ । यस्ताे अवैध कार्यमा संलग्न रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ समेत गरेको छ ।
पक्राउ परेका व्यक्तिले काठमाण्डाै उपत्यकाका विभिन्न स्थानमा नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिइ उपकरण राखी गैरकानुनी रुपमा अन्तर्राष्ट्रिय एसएसएस वाइपास गर्ने गरेको खुलेको छ ।
पक्राउ पर्नेमा काठमाण्डाै महानगरपालिका २५ टङ्गालमा रहेकाे तुलसी महर्जनको घरमा कोठा भाडामा लिइ बस्दै आएका भारतका ३५ वर्षीय प्रशान्त साह रहेको ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।
शाहमाथि दुरसञ्चार ऐन, २०५३ अन्तर्गत कारबाही थालिएको छ । उनको साथबाट प्रहरीले विभिन्न सञ्चार उपकरण बरामद गरेको छ । यस्तै तीस थान नेपाल टेलिकमको सिम र एक ८५ थान एनसेलको सिमसमेत बरामद गरिएको छ ।
प्रहरीका अनुसार अनुसन्धानमा विगतमा कल वाइपास गर्दै आएकोमा अहिले नयाँ तरिकाले एसएसएस वाइपास गर्ने गरेको फेला परेको हो । ती व्यक्तिले याे कामका लागि सबै उपकरण भारतबाटै ल्याएको खुल्न आएको छ । वाइपासमा उनी एक्लै सहभागी भएको समेत प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।