काेराेना सतर्कता : हल्लाको पछि नलाग्न सरकारकाे आग्रह

 चैत ८, २०७६ शनिबार १२:७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाैका केही अस्पतालमा कोरोना सङ्क्रमित भेटिएका र उनीहरुको ज्यान गएको भन्ने हल्लाको पछि नलाग्न सरकारले आग्रह गरेको छ ।

नेपालमा अहिलेसम्म एकजना बाहेक कसैमा पनि कोरोना नभएको पाइएको र उनी पनि निको भैसकेकाले हल्लाको पछि नलाग्न सरकारले आग्रह गरेको हो । अहिलेसम्म कोरोनाको लक्षण मिलेका ५ सय ४६ सय जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि गएको माघ ९ गते चीनबाट आएका एकजनामा कोरोना भएको पुष्टि भएको थियो । अहिले ति व्यक्ति पनि निको भएर काममा फर्किसकेकाले नेपालमा कोरोना संक्रमित नरहेका विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अहिलेसम्म कोरोनासँगको लक्षण मिलेपछि काठमाण्डाैको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ६० जना र ललितपुरको लगनखेलमा रहेको पाटन अस्पतालमा ९ जनालाई आइसोलेशन अर्थात डाक्टरको निगरानीमा राखिएको तर उनीहरुमा कोरोना नभएको पुष्टि भएपछि घर पठाइएको अस्पतालले जनाएको छ ।

कोरोनाको शंका लागेका बिरामीलाई डाक्टरको निगरानीमा राख्ने गरिएको छ भने उनीहरुको नमुना परीक्षण गर्दा कोरोना नभए घर पठाउने गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता  विकास देवकोटाले बताउनुभयो ।

अहिलै मौसमी रुघाखोकी लाग्ने समय नै भएकाले पनि नआत्तिन तर सावधानी भने अपनाउन उहाँले आग्रह गर्नुभयो । तर रुघाखोकी लागेपछि अरुसँगको दुरी भने बढाउन पनि उहाँले अनुरोध गर्नुभएको छ ।

बारम्बार साबुनपानीले हात धुने गर्नाले कुनै पनि सङ्क्रमण फैलिनबाट जोगिन सकिने सरुवारोग विशेषज्ञले बताएका छन् । सरकारले कोरोना प्रभावित देशबाट आएका व्यक्तिलाई १४ दिन क्वारेन्टाइन अर्थात परिवारबाट छुट्टै बस्न आग्रह गर्दै आएको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया