कोरोनाबाट बच्न र बचाउन उज्यालो अनलाइन र रेडियोको काम घरबाट

 चैत १०, २०७६ सोमबार ८:४४:५० | उज्यालो सहकर्मी

काठमाण्डौ - उज्यालो अनलाइनका पत्रकारहरुले सोमबारदेखि प्रत्यक्ष सम्पर्क बाहिरै बसेर समाचार संकलन, लेखन र सम्पादनको काम घरबाटै गर्न थालेका छन् । उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुने नियमित बुलेटिन र अरु कार्यक्रमको लागि सम्बन्धित प्रस्तोता तथा समाचार वाचकहरु मात्र कार्यालयमा उपस्थित हुनेछन् भने अरुले एकान्तवासमा बसि अनलाइनबाट काम गर्नेछन् । 

नेपाल सरकार र नेपाल पत्रकार महासंघको आग्रहअनुसार सम्भव भएसम्मका सबै काम घरबाटै गर्ने र कार्यालय तथा फिल्डमा हुने काममा पनि सावधानी तथा सचेतना अपनाइएको छ । यस्तै आजदेखि उज्यालो रेडियोको प्रसारण बिहान ५ बजेदेखि राति १० बजेसम्म गरिएको छ भने उज्यालो अनलाइन तथा मोवाईल एपबाट भने रेडियो चौबीसै घण्टा प्रसारण हुनेछ ।

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिसकेको र नेपालमा पनि जोखिम बढेको बेला सही र विश्वसनीय सूचना तथा जानकारीसँगै जनचेतना समेत बढाउनुपर्ने आवश्यकतालाई ख्याल गर्दै उज्यालो रेडियो र उज्यालो अनलाइनबाट यसैअनुसार सामग्री प्रसारण तथा प्रकाशन हुनेछ । 

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनको काममा सावधानी अपनाइएको छ । प्राविधिक र अरु कार्यक्रमको व्यवस्थापन पनि यसैगरी मिलाइएको छ ।


 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Vijay Gautam

    March 23, 2020, 8:52 a.m.

    सबैभन्दा त डर बैक र सन्चार सङ आबद्द कर्मचारी लाइ भयको छ। येसको सामाधान को लागी पहल गर्नु पर्यो

  •  0 Reply

तपाईको प्रतिक्रिया