फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डाै – चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलमा किर्गिस्तानलाई हराउँदै लेबनानले सान्त्वना जीत हात पारेको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको खेलमा लेबनानले किर्गिस्तानलाई २–० गोलले हरायो । लेबनानका म्या रोज कल्लिल र क्रिस्टी मालौफले गरे गरे । किर्गिस्तान ३ वटै खेलमा पराजित भयो । दुवै टोली लिग चरणबाट बाहिरिइसकेका छन् ।
लिग चरणको अन्तिम खेलमा अहिले बेलुकी ६ बजे फाइनलमा पुगिसकेका नेपाल र म्यानमार खेल्दैछन् । यो खेलले लिग चरणको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । नेपाल र म्यानमार एक खेलअघि नै उपाधि नजिकै पुगेका हुन् । दुवै टाेली अपराजित छन् ।
नेपाल र म्यानमारबीच अहिलेसम्म ४ पटक भेट भएको छ जसमा नेपाल ३ खेलमा पराजित हुँदा १ खेल बराबरीसमा सकिएको छ । नेपाल र म्यानमारबीचको फाइनल खेल आउँदो बुधवार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।