मधेश प्रदेशबाहेकका अरु ठाउँमा वर्षा र हिमपातको सम्भावना, तरा...
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - कोरोना भाइरसको संक्रमण भएका एक चिकित्सकसँग सम्पर्कमा रहेकी जर्मन चान्सलर एन्जेला मर्केल पनि क्वारेन्टाइनमा बस्नुभएको छ । चान्सलर एन्जेला मर्केलको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोना पोजेटिभ देखिएपछि उहाँ सेल्फ क्वारेन्टाइनमा जानुभएको बीबीसीले जनाएको छ ।
जर्मनीमा कोरोनाको सङ्क्रमण बढ्दै गएकाले दुई हप्तासम्म दुई जनाभन्दा धेरै मान्छे भेला हुन नपाउने घोषणा गरेको केही मिनेटमै चान्सलर मर्केलका प्रवक्ता स्टेफन सेवर्टले उहाँ पनि सेल्फ क्वारेन्टाइनमा बस्न लागेको जानकारी गराएका थिए ।
चान्सलर मर्केललाई निमोनियाको सुई लगाइदिने चिकित्सकलाई कोरोना भाएको पुष्टि भएपछि उहाँ क्वारेन्टाइनमा बस्नुभएको प्रवक्ता सवर्टले जानकारी दिएको बीबीसीले जनाएको छ ।
क्वारेन्टनाइमा बसेकी मर्केललाई अरु व्यक्तिको नजिक जान रोक लगाइएको छ र नियमित स्वास्थ्य जाँच गरिने भएको छ । उहाँलाई निवासको वरपर खुला ठाउँमा धेरैबेरसम्म बिताउँन र स्वच्छ हावा लिन पनि चिकित्सकले सल्लाह दिएका छन् । फाइनान्सियल टाइम्सकाअनुसार जर्मनीमा २४ हजार १ सय जनामा कोरोनाको संक्रमण देखिएको छ भने ९० जनाको ज्यान गएको छ ।
जर्मन सरकारले सबै प्रकारका सार्वजनिक कार्यक्रममा रोक लगाउँदै राष्ट्रिय आपतकालको घोषणा गरिसकेको छ । नागरिकलाई पूर्व सतर्कता अपनाउन जोड दिइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।