सूचना विभागको प्रेस पासका लागि भदौसम्म कुर्नुपर्ने

 साउन ११, २०७५ शुक्रबार ११:१४:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – पत्रकारका लागि सूचना विभागले जारी गर्ने नयाँ प्रेसपास र पुरानाको नवीकरण गर्न भदौसम्म पर्खनुपर्ने भएको छ । 

असार मसान्तसम्म सूचना विभागमा अनलाइनबाटै विवरण बुझाएर प्रेसपास पाउन सक्ने सुविधा थियो । तर साउन लागेपछि यो सुविधा सूचना विभागको अनलाइनमा उपलब्ध छैन । अहिले अनलाइनमा विवरण भर्न मिल्दैैन । 

असार मसान्तसम्म विवरण बुझाएकाको प्रमाणपत्र बनिरहेकाले नयाँको विवरण लिन नसकेको सूचना विभागका प्रवक्ता ध्रुवकुमार पोखरेलले बताउनुभयो । 

हरेक आर्थिक वर्षको अन्तिमसम्म प्रेस पास नयाँ बनाउने तथा नवीकरण गर्न अगाडि नै सूचना जारी गरिएको र असार मसान्तपछि त्यसको म्याद सकिएकाले अब भदौबाट मात्र प्रेस पासको लागि विवरण भर्न मिल्ने सूचना विभागकी निर्देशक सुमन बज्राचार्यले बताउनुभयो । 

विभागले अनलाइनबाटै सबै विवरण भर्नुपर्ने व्यवस्था गरेको छ तर आफ्नो वेबसाइटमा अनलाईन विवरण भर्न सकिने प्रावधान अहिले नराखेका कारण असार मसान्तभित्र विवरण नभरेका पत्रकारलाई भने समस्या भएको छ । 


 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया