उदयपुरमा ब्यारेक खाली गरेर क्वारेन्टाइन

 चैत १०, २०७६ सोमबार १३:१०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

उदयपुर– कोरोना भाइरस (कोभिड –१९) को सम्भावित सङ्क्रमणलाई रोक्न नेपाली सेनाले ब्यारेक खाली गरेर क्वारेन्टाइन निर्माण गरेको छ । 

नेपाली सेनाको १८ नम्बर बाहिनीअन्तर्गत रणशार्दुल गणको उदयपुरको कटारी नगरपालिका १ मा रहेको बेलसोत क्याम्पलाई खाली गरेर क्वारेन्टाइनमा परिवर्तन गरिएको हो । 

प्रदेश १ सरकारले गएको फागुन २९ गते प्रदेशमा कोरोना भाइरसको सम्भावित जोखिम न्युनीकरण गर्न क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको थियो । 

सम्भावित सङ्क्रमण रोक्न न्युनतम स्वास्थ्य मापदण्ड कायम गरेर ब्यारेकको ३४ वटा भवनलाई २ सय बेड क्षमताको क्वारेन्टाइनमा परिणत गरिएकोे हो । 

ब्यारेकमा रहेका नेपाली सेनालाई एक किलोमिटर टाढा अस्थायी टहरा निर्माण गरेर राखिएको रणशार्दुल गण बेलसोत क्याम्पका क्याप्टेन सूर्यबहादुर राईले बताउनुभयो । 

विभिन्न कलस्टरमा विभाजित गरेर महिलालाई बेग्लै र पुरुषलाई बेग्लै राख्नेगरी क्वारेन्टाइन निर्माण गरिएको राईले बताउनुभयो । 

नेपाली सेनाले स्थानीय सरकार र प्रदेश सरकारसँग समेत सहकार्य गरिरहेको १८ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया