स्थानीय प्रशासनबाटै सुरु भयो कर्फ्यु र लकडाउन,  टोलटोलमा माइकिङ

 चैत १०, २०७६ सोमबार १६:२७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणको लागि सङ्घीय सरकारले अझै कर्फ्यु र पूर्ण लकडाउन गरेको छैन । तर स्थानीय प्रशासनले भने कर्फ्यु र पूर्ण लकडाउन सुरु गरेका छन् । 

कञ्चनपुरको एउटा नगरपालिकाले आइतबार नै लकडाउन गरेको थियो । सोमबारदेखि कैलालीमा कर्फ्यु लागेको छ । अर्घाखाँचीले जिल्लालाई लकडाउन गरेको छ । कपिलवस्तु जिल्लामा पनि पसल, उद्योग बन्द गर्न र हिँडडुलमा प्रतिबन्ध लगाइएको छ । 

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले घरबाहिर ननिस्कन टोलटोलमा माइकिङ गरेको छ । काठमाण्डौको बौद्ध क्षेत्रमा पनि घरबाहिर ननिस्कन भन्दै माइकिङ गरिएको छ । 

काभ्रेको धुलिखेल, बनेपा र महाभारतमा लकडाउन गरिएको छ भने पाँचखालमा स्वघोषित कर्फ्यु जारी गरिएको छ । पसल खोल्न, भिडभाड गर्न र गाडी चलाउन रोक लगाइएको छ । राजमार्ग क्षेत्र सङ्घीय सरकार अन्तर्गत पर्ने भएकाले राजमार्गमा गाडी चल्न दिइएको छ तर गाडी रोक्न पाइँदैन । 

महाभारत गाउँपालिका र बनेपाले सोमबार रातिदेखि लकडाउन गर्दैछ । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया