कोरोना सङ्क्रमित युवतीको घरमा स्वास्थ्य मन्त्रालयको टोली, अवस्था सामान्य

 चैत १०, २०७६ सोमबार १९:११:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण भेटिएकी युवतीको घरमा स्वास्थ्य मन्त्रालयको टोली खटिएको छ । फ्रान्सबाट गएको ४ गते नेपाल आएकी उनको घरमा र परिवार पनि जोखिममा हुने भएकाले स्वास्थ्य मन्त्रालयले उनको घरमा टोलीले खटाएको हो । 

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले मन्त्रालयबाट खटिएका टोली उनको घरमा पुगिसकेको उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित युवतीको परिवारलाई होम क्वारेन्टाइनमा राखिएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीलाई कोरोना भएको पुुष्टि गरेको हो ।

कोरोनाको सङ्क्रमण भएकी ती युवतीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । उनको आइसोलेशनमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै डाक्टरको सल्लाह र सुझाव अनुसार उनको दोस्रो पटक पनि स्वास्थ्य परीक्षण गरिने मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले कोरोना सङ्क्रमित ती युवतीको आसपासमा वा सम्पर्कमा आएका व्यक्तिहरुको खोजी भइरहेको पनि जनाएको छ । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Prakash thapa

    March 24, 2020, 10:12 a.m.

    काेराेना भाइरस सङ्क्रमित महिला कुन ठाऊँकाे हुनुहुन्छ, खुलाईदिए हुन्थ्याे कि जस्ताे लाग्याे, समाचार अलि अस्पष्ट भए जस्ताे लागेर।

  •  0 Reply

तपाईको प्रतिक्रिया