यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको महामारीबाट जोगिन सरकारले अख्तियार गरेको लकडाउनको नीति सफल भएको छ ।
मानिसहरुलाई घरबाहिर निस्किन नदिने र अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न दिने सरकारी निर्णयलाई जनताले स्वीकार गरेका छन् । काठमाण्डौ, ललितपुर र भक्तपुरमा मङ्गलबार बिहान अत्यावश्यक सेवा सञ्चालनका सवारीसाधन बाहेकका अन्य सवारीसाधन सञ्चालन भएको देखिएन ।
उपत्यकाको मङ्गलबार बिहानको दृश्य लगभग कर्फ्युको जस्तै देखिएको थियो । लकडाउन भनेको औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट ननिस्कन व्यवहारिक रुपमा सरकारबाट भएको आदेश हो ।
माइकिङबाट प्रहरीले सर्वसाधरणलाई भित्रै बस्न, घरबाहिर ननिस्कन आग्रह गर्दै हिँडेको देखिन्थ्यो । सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ भने सवारीसाधनको र परिचयपत्रको जाँचलाई पनि कडाइ गरिएको छ । फाटफुट सडकमा निस्केका सर्वसाधारणलाई प्रहरीले घरभित्रै बस्न आग्रह गरेका छन् ।
कोरोना सङ्क्रमणको बिरामी फेला परेपछि थप सङ्क्रमण नफैलियोस् भनि सोमबार सरकारले सङ्क्रामक रोग ऐन २०२० अनुसार एक हप्ताका लागि देशभर लकडाउनको घोषणा गरेको हो । मङ्गलबार बिहान ६ बजेदेखि १८ गतेसम्म अत्यावश्यक बाहेक सर्वसाधारणलाई घरबाहिर निस्कन निषेध गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।