मधेश प्रदेशबाहेकका अरु ठाउँमा वर्षा र हिमपातको सम्भावना, तरा...
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - काठमाण्डौको मुख्य नाका नागढुंगामा लामो जाम भएको छ।
बिहानैदेखि खाद्यान्नलगायत दैनिक अत्यावश्यक सामग्री बोकेका ठूला ट्रक आइरहेका कारण जाम भएको नागढुंगामा कार्यरत प्रहरी नायब निरीक्षक ज्ञानबहादुर गाहले जानकारी दिनुभयो । उहाँकाअनुसार नागढुंगादेखि पिप्लामोडसम्म नै अहिले जाम छ ।
गाडी चालकलाई स्वास्थ्य परीक्षण गरेर मात्रै नाका पास गराइरहेकाले गाडी पास हुन समय लागेको हो। अहिले नागढुंगामा चालकको ज्वरो नापेर मात्रै काठमाण्डौ प्रवेश गराइएको छ ।
अरु गाडीलाई चलाउन रोक लगाए पनि ठूला गाडीका कारण जाम बढेको प्रहरीले जनाएको छ । सरकारले अत्यावश्यक दैनिक उपभोग्य बस्तुको अयात भइरहेकाले अभाव नहुने बताउँदै आएको छ । तर, ग्यासलगायतका केही उपभोग्य सामग्री भने सजिलै नपाएको उपभोक्ताको गुनासो छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।