मधेश प्रदेशबाहेकका अरु ठाउँमा वर्षा र हिमपातको सम्भावना, तरा...
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - नेपालमा अहिलेसम्म ६ सय १० जनाको मात्रै कोरोनाको नमुना परीक्षण भएको छ । त्यसमध्ये दुई जनालाई मात्रै कोरोना भाइरसको सङ्क्रमण भएको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसअघि सुरुमा चीनबाट फर्किएका एक नेपालीमा कोरोना भएको र उनी उपचारपछि घर फर्किसकेको मन्त्रालयले जनाएको छ ।
मङ्गलबार नियमित पत्रकार सम्मेलन गर्दै मन्त्रालयले अर्का एक जना को रोमा सङ्क्रमितको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको जनाएको छ ।
फ्रान्सबाट कतार ट्रान्जिट भएर फर्किएकी १९ वर्षकी युवतीको उपचार भइरहेको हो ।
यस्तै कोरोनाको आशङ्कामा अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १६ जना आईसोलेशनमा उपचाररत छन् ।
यस्तै कोरोनाबारे पाँच हजार दुई सय ४१ पटक फोन आएको पनि मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Sanjog nepali
March 24, 2020, 9:41 p.m.कोरोना बारे ५२४१ फोन आएको भन्नुको मत्लब चाई बुझिएन ।