भारतीय स्थल सेनाध्यक्ष नेपाल भ्रमण सकेर स्वदेश फिर्ता
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ - कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलन नदिन भारतमा पनि ‘लकडाउन’ सुरु भएको छ । गएराति १२ बजेदेखि भारत पुरै ‘लकडाउन’ मा गएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गर्नुभएको छ ।
उहाँले गएराति देशबासीका नाममा सम्बोधन गर्नुहुँदै कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न ‘लकडाउन’ गर्ने घोषणा गर्नुभएको हो ।
कोरोना फैलिने जोखिम न्यूनीकरण गर्नको लागि भारतले सीमा नाका बन्द गरेको छ भने अन्तर्राष्ट्रिय उडान स्थगित गरेको छ । कोरोना भाइरसको कारण भारतमा १० जनाको ज्यान गइसकेको छ भने चार सय ९१ जना सङ्क्रमित भएका छन् ।
यस्तै अरु देशमा ‘लकडाउन’ सुरु भैरहेको बेला चीनको वुहानमा भएको ‘लकडाउन’ भने आजदेखि आउँदो २६ गतेसम्मका लागि आंंशिक रुपमा खुलाउने तयारी छ ।
धेरै दिनपछि हिजो एक जनामात्रै नयाँ सङ्क्रमित भेटिएपछि वुहानको लकडाउन आंशिक रुपमा खुलाउन लागिएको त्यहाँको सरकारले जनाएको छ ।
यसैबीच दक्षिण अफ्रिका सरकारले पनि २१ दिने ‘लकडाउन’ घोषणा गरेको छ । यस्तै अस्ट्रेलियाले १० जनामात्र मलामी जान र विवाह समारोहमा ५ जना मात्र सहभागी हुन निर्देशन दिएको छ ।
अहिलेसम्म विश्वका १ सय ९७ देश र जापानको योकोहामामा पुगेको एउटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । अहिलेसम्म नेपालका दुई जनासहित ४ लाखभन्दा धेरै मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक लाखभन्दा धेरै मानिस निको भएका छन् ।
वल्डओमिटरका अनुसार अहिलेसम्म ४ लाख २० हजार ७ सय २९ जनामा सङ्क्रमण भएकोमा एक लाख ८ हजार ३ सय २३ जना स्वस्थ भएका छन् ।
जसमा गएको माघ ९ गते नेपालमा भेटिएका कोरोना संक्रमित निको भैसकेका छन् भने अहिले एक जनाको काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार चलिरहेको छ ।
उनीसहित २ लाख ९३ हजार ६ सय ६ जनाले उपचार गराइरहेका छन् । १८ हजार ८ सय जनाको ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।