मधेश प्रदेशबाहेकका अरु ठाउँमा वर्षा र हिमपातको सम्भावना, तरा...
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - ‘लकडाउन’को दोस्रो दिन आज देशभरिको अवस्था सामान्य छ । सडकमा अत्यावश्यक बाहेकका गाडीहरु चलेका छैनन् ।
अत्यावश्यक सेवाका र केही अत्यन्तै जरुरी काममा रहेका रहेका बाहेकका गाडीलाई चल्न रोकिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सार्वजनिक गाडी भने कुनै पनि चलेका छैनन् । ‘लकडाउन’का बेला घरबाट निस्कन पनि पाइँदैन ।
घरबाट निस्किए वा गाडी चलाए सरकारले कानुनअनुसार एक महिनादेखि ६ महिनासम्म जेल सजाय वा जरिवाना वा दुवै सजाय गर्न सक्नेछ । हिजो देशभरबाट ‘लकडाउन’ उल्लङ्घन गर्ने ६८ जना पक्राउ परेका छन् भने साढे १५ सय भन्दा धेरै चालक कारबाहीमा परेका छन् ।
हिजो मोटरसाइकल, स्कुटर, जीप र गाडीलगायत एक हजार पाँच सय ७१ वटा गाडी नियन्त्रणमा लिइएको थियो ।
यस्तै ‘लकडाउन’मा घरबाहिर निस्किएका कपिलवस्तुबाट १४, रुपन्देहीबाट ७, झापाबाट ८, सुनसरीबाट ४, पर्साबाट तीन, सिराहा र कञ्चनपुरबाट २, २ तथा धनुषाबाट एक जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
अरु विभिन्न ठाउँबाट केहीलाई नियन्त्रणमा लिएको भएपनि केहीबेर सम्झाइबुझाइ गरेर छाडिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।