ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) को आशङ्कामा ११ जनालाई काठमाण्डौ र ललितपुरको दुई वटा अस्पतालको आइसोलेशनमा राखिएको छ । अर्का एक जनालाई भने टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको भ्यान्टिलेटरमा राखेर उपचार गरिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । तर उनलाई कोरोना सङ्क्रमण भएको पुष्टि नभएको मन्त्रालयका सहप्रवक्ता सागर दाहालले बताउनुभयो ।
उहाँका अनुसार कोरोना सङ्क्रमित १९ वर्षीया युवतीको आइसोलेशनमा राखेर उपचार भइरहेको र उनको अवस्था सामान्य छ । टेकु अस्पतालमा उनीसहित अरु पाँच जनाको आइसोलेशन अर्थात् डाक्टरको निगरानीमा र एक जनाको भ्यान्टिलेटरमा राखेर उपचार भइरहेको हो ।
त्यस्तै ललितपुरको लगनखेलमा रहेको पाटन अस्पतालमा अरु ६ जनाको उपचार भइरहेको छ । तर ती युवती बाहेक अरुमा कोरोना सङ्क्रमण पुष्टि भएको छैन । उनको पनि अवस्था सामान्य रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको मन्त्रालयका सहप्रवक्ता दाहालको भनाइ छ ।
गएको चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल फर्किएकी युवतीमा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि उनलाई गएको आइतबार रातिदेखि अस्पतालमा डाक्टरको निगरानीमा राखेर उपचार थालिएको हो ।
यसअघि गएको माघ ९ गते चीनबाट आएका एक जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । तर केही दिन उपचार गरेपछि उनी निको भएका र अहिले सामान्य अवस्थामा रहेका पनि मन्त्रालयले जनाएको छ ।
नेपालमा मङ्गलबार बेलुकीसम्ममा ६ सय १० जनाको परीक्षण गर्दा दुई जनामा कोरोना सङ्क्रमण भएको र अरु ६ सय आठ जनालाई भने मौसमी रुघाखोकी लागेको पाइएको मन्त्रालयले जनाएको हो । अहिले मौसमी रुघाखोकी लाग्ने समय भएकाले रुघाखोकी लाग्दैमा नआत्तिन तर सावधानी भने अपनाउन डाक्टरहरुले आग्रह गरेका छन् ।
यसैबीच कोरोनाको बारेमा जानकारी लिनु परेमा पैसा नलाग्ने फोन नम्बर १११५ मा सम्पर्क गर्न सकिने सरकारले जनाएको छ । १११५ मा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म फोन गर्न सकिनेछ ।
उच्च ज्वरो आउनु, खोकी लाग्नु र सास फेर्न गाह्रो हुनु कोरोनाका लक्षण हुन् । कोरोनाबाट बच्न ज्वरो र खोकी लागेको व्यक्तिबाट टाढा रहने वा आफुलाई ज्वरो र खोकी लागेको छ भने पनि अरु व्यक्तिबाट टाढै बस्नुपर्छ । साथै मास्क (मुखावरण) अनिवार्य लगाउने, खोक्दा वा हाच्छँयु गर्दा टिस्यु पेपर वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यु पेपर बिर्को भएको फोहोर फाल्ने भाँडोमा फाल्नुपर्छ ।
यस्तै साबुन पानीले बारम्बार हात धुने, भिडभाडमा नजाने र अरुलाई पनि नजान सुझाव दिने, प्रभावित देशबाट आएका व्यक्तिमा कोरोनाको लक्षण देखिए स्वास्थ्य केन्द्रमा तुरुन्त सम्पर्क गर्न पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । यस्तै विदेशबाट आएकाहरुलाई घरमै बस्दा पनि परिवारका सदस्यबाट १४ दिन छु्ट्टै बस्न मन्त्रालयले अनुरोध गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।