च्याम्पियन्स ट्रफीमा भारतको लगातार दोस्रो जीत , पाकिस्तान ६ विक...
फागुन १२, २०८१ सोमबार
सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका २ लुक्लाले ‘लकडाउन’का कारण त्यतै रोकिएका पर्यटकहरुलाई निःशुल्क खाना र बासको व्यवस्था गरेको छ ।
सगरमाथा क्षेत्रको भ्रमणमा आएका बेला लकडाउन घोषणा भइ लुक्लामै रोकिएका पर्यटकहरुलाई बिहीबार बिहानबाट लकडाउन नखुलुञ्जेलसम्म निःशुल्क खान र बासको व्यवस्था गरिएको वडाध्यक्ष आङ फुर्वा शेर्पाले जानकारी दिनुभयो ।
होटल एसोसिएशन लुक्लासँगको समन्यवमा पर्यटकका लागि निःशुल्क खाना र बासको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
लकडाउनका कारण लुक्लामा एक सय १९ जना पर्यटक रोकिएका छन् । यस्तै लुक्लाभन्दा माथि पनि झण्डै दुई सय पर्यटक रोकिएका पथप्रदर्शकहरुले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।