पोखराबाट ५८ जना फ्रान्सेलीलाई लिएर काठमाण्डौ फर्कियो बुद्ध एअर

 चैत १३, २०७६ बिहीबार १६:५२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

 काठमाण्डौ - नेपाल घुम्न आएर अलपत्र परेका ५८ जनालाई पोखराबाट लिएर बुद्ध एअरको जहाज काठमाण्डौ आइपुगेको छ ।

पदयात्राका लागि गएका ५८ जना फ्रान्सेली नागरिक लकडाउपछि अलपत्र परेका थिए । उनिहरुलाई लिन फ्रान्सेली दूवासले बुद्ध एअरको जहाज चार्टर गरेको थियो ।

बिहीबार बिहानै बुद्ध एअरको जहाज पोखरा जाने तयारी गरे पनि विभिन्न मन्त्रालयबाट अनुमति लिनुपर्दा समय लागेकाले दिउँसो मात्रै पोखरा गएको थियो । अब उनीहरुलाइ काठमाण्डौका होटलमा राखिने र फ्रान्सबाट चार्टर गरिएको जहाज ल्याएर स्वदेश पठाउने तयारी रहेको छ ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया