कोरोना सङ्क्रमित युवतीसँगै आएका रुपन्देहीका तीनमध्ये दुई जना सम्पर्कमा

 चैत १३, २०७६ बिहीबार १८:५३:१७ | उज्यालो सहकर्मी

रुपन्देही – कोरोना सङक्रमित युवतीसँगै नेपाल आएका रुपन्देहीका तीनमध्ये दुई जना सम्पर्कमा आएका छन् । चैत ४ गते नेपाल आएका उनीहरुको अवस्था अहिले सामान्य रहे पनि क्वारेण्टीनमा राख्ने व्यवस्था मिलाइएको रुपन्देही प्रहरीले जनाएको छ । अर्का एक जनाको खोजी भइरहेको छ ।

यस्तै भारतबाट नेपाल आएका २९ जनालाई रुपन्देहीमा क्वारेण्टीनमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शंकरनगरस्थित शारदा माविमा १० जना, शुद्धोधन गाउँपालिकामा रहेको यज्ञोदय उच्च माविमा ११ जना र अमवामा रहेको जनता माध्यमिक विद्यालमा ८ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।

भारतका विभिन्न ठाउँबाट रुपन्देहीको बेलहिया नाकामा आएर रोकिएका ७ महिलासहित २९ जनालाई नेपाल ल्याई १४ दिने क्वारेण्टीनमा राखिएको हो । भारतमा पनि लकडाउन भएपछि उनीहरु सीमा नाकामा अलपत्र परेका थिए ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया