कर्णालीका सबै मन्त्रीले एक महिनाको तलब दिने : कोरोनाको शंकामा गाउँ गाउँमा खोजी !

 चैत १३, २०७६ बिहिबार १९:५४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत - कोरोना रोकथाम तथा नियन्त्रणको लागि कर्णाली प्रदेशका मुख्यमन्त्री र सबै मन्त्रीले एक एक महिनाको तलब दिने भएका छन् ।

प्रदेश सरकारले बनाएको प्रदेश विपद् व्यवस्थापन कोषमा मुख्यमन्त्रीसहित सबैले एक महिनाको तलब राख्ने निर्णय बिहीबारको मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

यस्तै पछिल्लो समय विदेशबाट आएका नागरिकलाई कोरोनाको आशंकामा जाँच गरिने भएको छ । गाउँ गाउँमा पुगेर विदेशबाट आएका व्यक्तिको खोजी गर्ने र त्यसको लागि पालिकासँग समन्वय गर्ने प्रदेश सरकारले जनाएको छ ।

यसैगरी कोरोनाको शंका लागेकाहरुको उपचार गर्न कर्णाली प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाईै एक एक करोड तथा चौरजहाजरी सामुदायिक अस्पताल रुकुम पश्चिमलाई ५० लाख रुपैयाँ दिने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया