हब हस्पिटलमा फिभर क्लिनिक सञ्चालन गरिने

 चैत १३, २०७६ बिहीबार २१:९:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले देशभरका हब हस्पिटलका लागि छुट्टै 'फिभर क्लिनिक' सञ्चालन गर्न प्रति अस्पताल १० लाख रुपैयाँ उपलब्ध गराएको छ । 

सरकारले कोरोनाको शंकामा जाँचका लागि आएका बिरामीलाई राख्न छुट्टै फिभर क्लिनिक सञ्चालन गर्न लागेको हो । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव यादव कोइरालाले फिभर क्लिनिक सञ्चालनबारे जानकारी दिनुभएको हो ।  

पत्रकार सम्मेलनमा शंकास्पद बिरामीको जाँचका लागि सरकारले बनाएको पीपीईको मापदण्ड अपनाउन उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘साधारण रुघाखोकी लागेको बिरामीको जाँच गर्नका लागि भनेर पीपीई गाइडलाइन बनाएका छौँ र पीपीई गाइडलाइनअनुसार उपचारमा संलग्न हुन भनिएको छ ।’

सरकारले सबै पालिकालाई विदेशबाट आएका व्यक्तिलाई आफ्नो क्षेत्रमा क्वारेण्टीनमा राख्न निर्देशन दिएको उहाँले बताउनु भयाे । 

विदेशबाट आउँदैमा डराइहाल्नुपर्ने अवस्था नभएको भन्दै उहाँले सेल्फ क्वरेण्टीनमा बस्न आग्रह गर्नुभयो । उहाँले अहिलेसम्म शंका लागेका ७ सयभन्दा बढी नमुना परीक्षण गरिएको र तीमध्ये ३ जनामा मात्रै देखिएको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया