एनसेलको रिचार्जमा अब १२० प्रतिशत बोनस ब्यालेन्स

 चैत १४, २०७६ शुक्रबार ६:२९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एनसेलका सबै ग्राहकले बिहीबार (चैत्र १३) बाट लागु हुने गरी प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस प्राप्त गर्न सक्ने भएका छन् । 

एनसेल प्रालीले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि अहिले देशभर कायम रहेको ‘लकडाउन’को अवस्थामा ग्राहकलाई दूरसञ्चार सेवा पहुँचमा कुनै कठिनाइ नहोस् भनेर बोनस रकम प्रतिशतमा वृद्धि गरेको जनाएको छ । 

ग्राहकले रिचार्ज बापत प्राप्त गर्ने बोनस रकमबाट एनसेल नेटवर्कभित्रका अन्य नम्बरहरुमा कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् । रिचार्ज कार्ड, भीएफटी, इलेक्ट्रोनिक रिचार्ज लगायत सबै माध्यमबाट हुने रिचार्जमा यो बोनस प्राप्त हुन्छ ।

यो योजनाअन्तर्गत एनसेलका ग्राहकले ५०, १००, २००, ३००, ५०० र १००० रुपैयाँको रिचार्जमा बोनस प्राप्त गर्न सक्छन् । उदाहरणका लागि यो योजनाअन्तर्गत ५० रुपैयाँको रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप ६० रुपैयाँ प्राप्त गर्दछन् । बोनस रकम तीन दिनसम्मका लागि मान्य हुनेछ ।

अहिलेको विपद्को परिस्थितिलाई मध्यनजर गदैं बुधबारमात्र एनसेलले निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, सात दिन समयावधि भएको १५ जीबीको स्टे होम प्याक र २०० रुपैयाँसम्म एनसेल सापटी लिन सकिने व्यवस्था पनि गरेको थियो ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया