प्रधानमन्त्री ओलीको अवस्था सामान्य, आजै डिस्चार्ज गर्ने तयारी

 चैत १४, २०७६ शुक्रबार १०:१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – बिहीबार राति असहज महसुस भएपछि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै डिस्चार्ज गर्ने तयारी भइरहेको छ । 

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य भइसकेकाले आजै डिस्चार्ज गर्ने तयारी भएको प्रधानमन्त्रीका निजी चिकित्सक प्राध्यापक डाक्टर दिव्यासिंह शाहले बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीलाई काठमाण्डौको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल भर्ना गरेर मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरमा राखिएको थियो । स्रोतका अनुसार उहाँमा मिर्गौलाको समस्या नभइ उच्च रक्तचापको समस्या भएपछि अस्पताल लगिएको हो । 

यसअघि गएको फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि ओलीलाई ३० गते अस्पतालबाट सरकारी निवास बालुवाटार फर्काइएको थियो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया