मधेश प्रदेशबाहेकका अरु ठाउँमा वर्षा र हिमपातको सम्भावना, तरा...
फागुन १२, २०८१ सोमबार
सर्लाही - हरिवन-९, दनुवारीमा रहेको मैनाली इँटा भट्टा र ओबिसी इँटा भट्टामा काम गर्ने १६ जना मजदुरलाई उच्च ज्वरो देखिएको छ।
तीन दिनदेखि लगातार उच्च ज्वरो देखिएपछि सबै जनालाई इँटा भट्टामा नै क्वरेन्टीन तयार गरी सुरक्षित राखिएको हरिवन नगरपालिका-९ का वडाध्यक्ष सिताराम पोख्रेलले जानकारी दिनुभयो।
दुवै इँटा भट्टामा काम गर्ने १६ जना मजदुरलाई तीन दिनदेखि तगातार १०४ डिग्री भन्दा माथि ज्वरो आएको वडाध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । ज्वरो कम नभएपछि हिजो स्वास्थ्यकर्मीको टोली इँटा भट्टामा पुगेर उनीहरुको स्वास्थ्य परिक्षण गरेका थिए
दुवै इँटा भट्टामा काम गर्ने अधिकांश मजदुर भारतका भएकाले उनीहरुमा कोभिड १९ अथवा कोरोना भाइरस संक्रमण हुनसक्ने आशंका गरिएको छ। इँटा भट्टाामा काम गर्न एक साता अघि मात्र उनीहरु भारतको विभिन्न स्थानबाट त्यहाँ आएका बुझिएको छ ।
गाँउ नजिकै रहेको इँटा भट्टाका मजदुरलाई उच्च ज्वरो देखिएपछि स्थानीय अहिले थप त्रसित भएका छन् । भट्टा नजिकै निर्माण भैरहेको खानेपानी ट्याङकी बनाउने मजदुरमा समेत ज्वरो देखिएपछि उनीहरुलाई समेत त्यही क्वरेन्टीनमा राखिएको छ।
दुवै इँटा भट्टामा गरी ३ सयभन्दा बढी मजदुर काम गरिरहेका छन भने खानेपानीको ट्याङकी बनाउन १३ जना मजदुरले काम गरिरहेका छन्।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।