बिरामी शिशु अस्पताल लैजान सीडीओद्वारा घरमै पुगेर पासको व्यवस्था

 चैत १४, २०७६ शुक्रबार १८:२:४७ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले पाणिनि गाउँपालिकाका विभिन्न वडामा पुगेर क्वारेन्टीन कक्षको अनुगमन गर्नु भएको छ ।

अनुगमानका क्रममा उहाँले गाउँपालिकाको वडा नम्बर २ पोखराथोकमा पुगेर उपचारका लागि बिरामी लैजान पाससमेत उपलब्ध गराउनु भयो  । 
पाणिनि गाउँपालिकामा बनेका क्वरेन्टीन कक्ष तथा लकडाउनको अनुगमनमा निस्किनु भएका प्रजिअ पौडेलले ४५ दिनको बिरामी बच्चालाई उपचारका लागि बुटबल लैजान पास उपलब्ध गराउनु भएको हो । 

सन्धिखर्कबाट पोखराथोक पुग्न गाडीमा २ घण्टा लाग्छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया