रसुवागढी नाका खोल्नेबारे अन्योल

 चैत १५, २०७६ शनिबार ११:२७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवागढी नाका कसरी खोल्ने भन्ने बारे अन्योल देखिएको छ ।

सरकारले अत्यावश्यक सामान ढुवानीका लागि चीनसँगका नाका खुल्ला गर्ने निर्णय गरेपनि नाका कसरि खुलाउने भन्ने निर्देशन नदिँदा अन्योल भएको हो । सामान ल्याउन व्यवसायीले तयारी थालेको तर सामग्री ल्याउन लागि गाडी कसरि पठाउने भन्ने अन्योल रहेको बताएका छन् ।

केरुङमा रोकिएर रहेका अत्यावश्यक सामग्री ल्याउनेबारे छलफल भइरहेको ब्यवसायीको भनाई छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले रसुवागढी र तातोपानी नाका खोल्नका लागि सरकारले निर्णय गरेको भएपनि कसरी खुलाउने भन्ने विषयमा निर्देशन नआएको बताउनुभयो । नाका खुलाउने विषयमा आन्तरिक तयारी गरिरहेपनि कसरी खुलाउने भन्ने निर्देशन आइनसकेकाले निर्णय भने भइनसकेको उहाँले जानकारी दिनुभयो । 

नाकाबाट अत्यावश्यक सामान ल्याउँदा सुरक्षित रुपमा जाँचपास गर्न कुनै समस्या नरहेको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, तीन चार दिनमा सामग्री आउने सम्भावना रहेको उहाँले बताउनुभयो । नाकामा अहिले थोरै गाडीमात्र राखिएको छ ।

केरुङमा रहेका सामग्री आयातका लागि ३ सय कन्टेनर आवश्यक पर्ने ब्यवसायीले बताएका छन् । नाका सञ्चालनमा आएपनि मानिसलाई आवतजावत गर्न भने रोक लगाइनेछ । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया