मधेश प्रदेशबाहेकका अरु ठाउँमा वर्षा र हिमपातको सम्भावना, तरा...
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - सरकारले नेपालमा रहेका जर्मनीसहित केही युरोपियन युनियन देशका नागरिकलाई स्वदेश फर्काएको छ ।
युरोपियन युनियनसँगै जर्मन सरकारको विशेष अनुरोधमा नेपालमा रहेका ती देशका नागरिकलाई स्वदेश फर्काइएको सरकारले जनाएको छ ।
उनीहरुलाई लिन जर्मनीबाट शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको विमान केहिबेरअघि जर्मनीसहित केही युरोपियन युनियन देशका नागरिक लिएर फर्किएको अध्यागमन विभागका वरिष्ठ अध्यागमन अधिकृत एवं सूचना अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो ।
उहाँका अनुसार फ्रान्सबाट आएको अर्को विमानले युरोपियन युनियनसँगै फ्रान्सेली नागरिक लैजाने तयारी गरेको छ ।
सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि ‘लकडाउन’को घोषणा गरेको बेला जर्मन सरकार र युरोपियन युनियनले अनुरोध गरेपछि उनीहरुलाई फर्काउने तयारी भएको हो ।
यसअघि हिजो ३ सय ४ जना यात्रु लिएर कतार एयर दोहा हुँदै जर्मनीको फ्रयाङ्कफर्ट उडेको थियो । नेपाल आएका वा आउन लागेका विमानमा यात्रु ल्याउन भने पाइने छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।