यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
फागुन १२, २०८१ सोमबार
दाङ - लकडाउन आह्वान भएको चौथो दिन शुक्रबार मध्यरातमा तुलसीपुरको सुनचाँदी पसलबाट झण्डै ३ लाखभन्दा बढी मूल्य बराबरको सुनचाँदीका गरगहना चोरी भएको छ ।
टीका सुनचाँदी पसल तुलसीपुरबाट शुक्रबार बिहान साढे १ बजे सडक छेउको शटरको ताला फोडेर गरगहना चोरी भएको प्रहरीले जनाएको छ । सीसी क्यामरामा एक जना सेतो खैरो रङको ज्याकेट लगाएर ताला फोडेर भित्र गएको देखिएको छ ।
पसलबाट चाँदी, चार आनाको पञ्चरत्ने बाला, कालीगढको सन्दुकमा राखिएको १२ आनाको तिलहरी बनाउने सुन, १० तोला चाँदीको बिछीया र केही नगद चोरी भएको छ ।
बिहान पसलको अवस्था हेर्दा शटरको ताला फोडेको देखेपछि प्रहरीलाई खबर गरेको सुनचाँदी व्यवसायी तुलसीराम सुनारले जानकारी दिनुभयो । घटनाको अनुसन्धान भइरहेको तुलसीपुर प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।