कोरोना रोकथाम तथा उपचार कोषमा अख्तियारको सहयोग

 चैत १५, २०७६ शनिबार १९:२०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गर्ने भएको छ ।

प्रमुख आयुक्त नवीनकुमार घिमिरे, आयुक्त गणेशराज जोशी र आयुक्त सावित्री थापा गुरुङको १५ दिनको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय भएको अख्तियारले जनाएको छ । 

आयोगमा कार्यरत सचिवलगायतका कर्मचारीहरुको हकमा भने गएको चैत्र ११ को निर्णय अनुसार कोषमा रकम जम्मा हुने अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर १२, २०७७

तपाईको प्रतिक्रिया