न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
दाङ – कोरोना सङ्क्रमणको आशङ्कामा घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा भर्ना गरिएका सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।
एक हप्ताअघि कोरोना सङ्क्रमणको आशङ्कामा प्रतिष्ठानको आइसोलेशनमा भर्ना गरिएका तीन जनाको परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको प्रतिष्ठानका कायममुकाय रजिस्ट्रार कैलाशप्रसाद देवले जानकारी दिनुभयो ।
आइतबार ‘नेगेटिभ’ रिपोर्ट आएका ३ जनालाई घरमै १४ दिन सेल्फ–क्वरेण्टीनमा बस्नेगरी डिस्चार्ज गरिएको देवले बताउनुभयो ।
आइतबार बिहान प्रतिष्ठानले विज्ञप्ति निकालेर आइसोलेशनमा भर्ना गरिएका पाँचैँ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको जानकारी दिएको हो ।
यसअघि शुक्रबार प्रतिष्ठानको क्वरेण्टीनमा रहेका २ जनाको रिपोर्ट पनि ‘नेगेटिभ’ आएको थियो ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।