बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
बर्दिया– देश ‘लकडाउन’मा रहेको बेला दैनिक मजदुरी गरेर गुजारा गर्ने मानिसहरुको दैनिकी कसरी चलेको होला भन्ने धेरैलाई हेक्का छैन । यस्तै अहोरात्र खटिएका प्रहरीको अवस्था पनि कम कष्टपूर्ण छैन ।
यस्तो सङ्कटको बेलामा ठाकुरबाबा नगरपालिकाका प्रहरी र अति विपन्न वर्गलाई सहयोग गर्न मनकारी हातहरु अघि सरेका छन् । ‘लकडाउन’लाई प्रभावकारी बनाउन खटिएका ठाकुरबाबा नगरपालिकाका प्रहरीलाई हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीले करिब २५ हजार रुपैयाँ बराबरको ‘ड्राइ फुड’ वितरण गरेका छन् ।
नगरपालिकाका इलाका प्रहरी कार्यालय भुरिगाउँ, प्रहरी चौकी बगनाहा, प्रहरी चौकी ठाकुरद्वारा र प्रहरी चौकी बकुवाका लागि इप्रका भुरिगाउँका प्रहरी निरीक्षक वसन्त पाण्डेलाई चाउचाउ ५ सय ७० वटा, बिस्कुट ४ सय २० वटा, पानी २ सय ६४ बोतल र नुहाउने साबुन ३६ वटा हस्तान्तरण गरिएको छ ।
सहकारीको सामाजिक दायित्वअन्र्तगत संस्थाका कर्मचारीद्धारा सहयोग स्वरुप ‘लकडाउन’का बेला खटिएका प्रहरीलाई सहयोग सामाग्री वितरण गरिएको सहकारीका प्रबन्धक गणेश थापाले जानकारी दिनुभयो ।
दिगो ट्रेडर्सका प्रोप्राइटर गोविन्द आचार्यले पनि इलाका प्रहरी कार्यालय भुरिगाउँलाई ५६ किलो कपडा धुने सर्फ हस्तान्तरण गर्नुभएको छ ।
यसैगरी नगरपालिकाका दुई व्यवसायीले अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेर मनकारी भावना देखाएका छन् । पेट्रोल पम्प व्यवसायी अनिलकुमार पौडेल र सुनचाँदी व्यवसायी नरेश सुनारले सोमबार ठाकुरबाबा वडा नम्बर १ का अति विपन्न १४ परिवारलाई खाद्य सामाग्री वितरण गर्नुभएको छ । प्रतिपरिवार १० किलो चामल, १ किलो दाल, १ प्याकेट तेल र १ प्याकेट नुन विपन्न परिवारलाई सहयोग गरिएको वडा अध्यक्ष श्यामलाल थारुले बताउनुभयो ।
दैनिक ज्याला मजदुरी गर्ने वर्गको समस्या भनेकै खाद्यान्नको अभाव भएकोले उनीहरुको दैनिकीमा केही सहज होस् भनेर खाद्यान्न सहयोग गरिएको व्यवसायी पौडेलले बताउनुभयो । वडाअध्यक्षले पहिचान गरेका परिवारलाई सहयोग प्रदान गरिएको उहाँको भनाइ छ । आउँदा दिनमा वडाले पहिचान गरेका थप विपन्न परिवारलाई पनि सहयोग गरिने अर्का दाता सुनारले बताउनुभयो ।
साँझबिहान हातमुख जोर्न पिरलो भइरहेको बेला यो सहयोगले आफूहरुलाई निकै राहत महसुस भएको सरस्वती बुढाले बताउनुभयो ।
त्यसैगरी ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ का युवाहरुले बकुवामा रहेको अस्थायी प्रहरी कार्यालयलाई खाद्यान्न हस्तान्तरण गरेका छन् ।
सुरक्षा निकायलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले युवाहरुले प्रहरीलाई ७२ बोतल पानी, १ सय ८० वटा चाउचाउ, १ दर्जन साबुन, २५ किलो चिउरा र १ बोरा चामल हस्तान्तरण गरेका हुन् ।
दिनभर सडकमा खटिने प्रहरीलाई ‘ड्युटी’ गर्न सजिलो होस् भन्ने उद्देश्यले खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको समाजसेवी बब काजी भनेर चिनिने विकास केसीले जानकारी दिनुभयो ।
यस्तै सुखाड सुतैया मध्यवर्ती सामुदायिक वन समूहका अध्यक्ष लंक अधिकारीले घरघर गएर नुहाउने साबुन र ३ सय २५ वटा मास्क वितरण गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।