प्रधानमन्त्री कप क्रिकेट : आर्मी र पुलिसको लगातार चौथो जीत
चैत २, २०८१ शनिबार
बैतडी – कुनै समय विवाह, व्रतबन्ध पार्टी र विशेष समारोहलगायतका अन्य शुभकार्यमा धेरै माग हुने मसकबिन बाजा पछिल्लो समयमा लोप हुँदै गएको छ ।
विदेशी बाजाहरुको माग र पछिल्लो पुस्ताको विदेशी बाजाप्रतिको आकर्षणले गर्दा मसकबिन बाजा लोप हुँदै गएको हो । टाढाबाट पनि स्पष्ट रुपमा सुनिने यो बाजामा परम्परागत भाका र देवीदेवताका गाथाहरु झल्कने धुनहरु मनै लोभ्याउने गरी बजाइन्थ्यो । अहिले मसकबिन बाजा धेरै कम मात्रामा पाइने गरेको दोगडाकेदारका गोर्कण जोशीले बताउनुभयो ।
‘पञ्चैबाजासित मसक बाजा बजाउँदाको आनन्द छुट्टै हुन्थ्यो अहिले बजाउने मान्छे पनि पाउन मुश्किल भएको छ,’ उहाँले भन्नुभयो । सुर्नया–२, का मोहनबहादुर बिष्टको भनाई पनि त्यस्तै छ । उहाँ भन्नुहुन्छ, ‘पछिल्लो समयमा हाम्रो परम्परागत मसकबिन बाजा र संस्कृतिको नै लोप भइरहेको छ ।’
पहिले सानो कार्यमा पनि मसकबिन बाजाको माग हुने गरे पनि अहिले त्यो बाजाप्रति कसैको ध्यान नगएको उहाँले गुनासो गर्नुभयो । त्यस्तै कक्षा ८ मा पढ्ने बेलादेखि अहिलेसम्म मसकबिन बाजा बजाइरहेका दोगडाकेदार १ रीमका २४ वर्षीय अमरराम सार्कीले पनि सरकारले यो बाजाको संरक्षणमा ध्यान दिनुपर्ने बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘मलाइ यो बाजा अति नै मन पर्छ । बाजा बजाएको सुनेपछि भावुक हुन्छु । त्यसैले मैले यो बाजा बजाउन सिकेको हुँ ।’ अझै पनि यो बाजोको संरक्षण र संवद्र्धधनमा लाग्ने उहाँले बताउनुभयो । आफूले स्कुल पढेदेखि नै बाजा बजाउन सिकेको सार्की बताउनुहुन्छ । अहिले अरु साथीहरुलाइ पनि बाजा बजाउन सिकाइरहेको सार्कीले बताउनुभयो ।
पछिल्लो समयमा विदेशी बाजाहरुको प्रभावका कारण नेपाली परम्परागत बाजा लोप हुँदै गएको सार्कीको अनुभव छ । सरकारले स्वदेशी बाजाहरुको संरक्षण र संवद्र्धनमा लाग्नेहरुलाई प्रोत्साहन गर्नुपर्ने उहाँले बताउनुभयो । आफूले यो बाजा बजाएर नाम र दाम पनि कमाइरहेको सार्की बताउनुहुन्छ । विवाह र चाडवाडहरुमा यो बाजाको माग धेरै हुने गरेको छ । ठूला समारोहमा यो बाजाएर सुनाउन पाउँदा आनन्द हुने गरेको सार्की बताउनुहुन्छ ।
‘एकपटक आफूले पढेको स्कुलको समारोहमा बाजा बजाउने मौका पाएको थिए, त्यो दिन मेरो लागि एकदमै खुशीको दिन भयो र त्यही दिनबाट यो बाजाप्रति झनै सद्भाव बढ्यो’, सार्कीले आफ्नो अनुभव सुनाउनुभयो । दोगडाकेदार ३ श्रीकोटका गणेशराम भुल पनि २१ वर्षको उमेरदेखि नै बाजा बजाइरहेको बताउनुहुन्छ । बाजाकै मोहका कारण उहाँले त्यो बाजा भारतको मेरठ गएर ल्याउनुभयो ।
‘पहिला यो बाजा बजाउने मान्छे धेरै हुन्थ्ये’, उहाँ भन्नुहुन्छ, ‘अहिले औँलामा गन्ने मान्छेले मात्र यो बाजा बजाउने गर्छन् ।’ बाजा बजाएरै उहाँले १३ जनाको परिवार पाल्नुभएको छ । मसकबिन बाजा खास गरी दलित समुदायले मात्रै बजाउनुपर्छ भन्ने धारणा रहे पनि जुनसुकै समुदायले पनि बजाउन सक्ने गणेशरामको तर्क छ । ‘यो बाजा भगवान कृष्णको बाजा हो, जसले पनि बजाउन सक्छ’, गणेशरामले थप्नुभयो ।
मसकबिन बाजा बजाउँदा आफू खुशी नै भएको र बाजाप्रतिको मोहका कारण आफूले बाजा बजाउन रोजेको उहाँले बताउनुभयो । गणेश पनि बाजा संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताउनुहुन्छ । ‘लोप हुन लागेको संस्कृति संरक्षणमा लाग्नेहरुलाई स्थानीय सरकाले प्रोत्साहन गर्नुपर्छ’, गणेशले भन्नुभयो, ‘मलाई त बाजाले नाम र दाम पनि दिएको छ ।’
कुनै समय गाँउघरमा गुन्जिरहने मसकबिन बाजाहरु पछिल्लो समयमा कम गुञ्जिरहेका छन । यी बाजाहरुको संरक्षणमा लाग्नु हाम्रो पनि दायित्व रहेको शिक्षक नारद अवस्थीले बताउनुभयो । परम्परागत संस्कुतिको संरक्षणमा जोड दिनुपर्नेमा स्थानीय बुद्धिजिवीहरुको धारण रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Ram Prasad Kadel
July 28, 2018, 2:59 p.m.असल कार्य हो, बाजा र बाजा बजाउनेको संरक्षण भए नेपाली संगीत संस्कृति नास हुँदैन / समुदाय आफैले पनि यो बाजाको प्रवर्द्धनमा सहयोगी हुनुपर्यो /यो बाजाको बारे थप जानकारी चाहिए नेपाली लोक बाजा संग्रहालय, त्रिपुरेश्वरमा सम्पर्क राख्नुहोला /