प्रदेश ५ मा ७५ जनाको कोरोना परीक्षण नेगेटिभ, १८ जना आइसोलेसनमा

 चैत २३, २०७६ आइतबार ९:५९:७ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – प्रदेश ५ मा कोरोना भाइरसको आशङ्कामा ८९ जनाको स्वाब परीक्षण गरिएको छ । 

सामाजिक विकास मन्त्रालयअन्र्तगतको स्वास्थ्य निर्देशनालयका अनुसार परीक्षण गरिएकामध्ये ७५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । चौध जनाको रिर्पोट आउन बाँकी रहेको निर्देशनालयले जनाएको छ । 

प्रदेशमा कोरोना आशङ्का गरिएका १ सय ३० जनामध्ये १८ जनाको उपचार आइसोलेसनमा भइरहेको छ । प्रदेशभित्र रहेका ३ सय ७ वटा क्वरेण्टीनमा २ हजार ३ सय ८० जनालाई राखिएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया