अस्पताल नगएको भन्दै लुम्बिनी प्रादेशिक अस्पतालका ५ डाक्टरलाई कारबाही, सेवाबाट हटाइयो

 चैत २६, २०७६ बुधबार १५:२:४१ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - कोरोनाको संकटको बेला अस्पतालमा उपस्थित नभएको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँच जना डाक्टरलाई सेवाबाट हटाइएको छ।

सूचनाबिना अस्पतालमा उपस्थित नभएको भन्दै रेडियोलोजी विभागमा कार्यरत डाक्टर बरदान वली र डाक्टर ताराप्रसाद शर्मा, इएनटी विभागका डाक्टर प्रकास न्यौपाने, यूरो सर्जन डाक्टर सुभाषचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डाक्टर प्रकृती कार्कीलाई सेवाबाट हटाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र खनालले बताउनुभयो । 

सम्बन्धित समाचार

 

अस्पतालमा करार सेवामा नियुक्त भएका ती पाँचै जना डाक्टर अस्पताल प्रशासनलाई जानकारी नदिइ सेवामा अनुपस्थित रहेको भन्दै सामाजिक विकास मन्त्रालयले दिएको निर्देशनअनुसार सेवाबाट हटाउने निर्णय गरिएकोे हो । 

सुत्केरी विदा, काजक्रिया र बिरामी बिदाबाहेक अरु विदा स्विकृत नगर्न निर्देशन दिएको सामाजिक मन्त्री सुर्दशन बरालले बताउनु भयो । मन्त्री बरालले संकटको बेला सेवामा उपस्थित नहुनेमाथी प्रादेशिक अस्पतालबाट कारबाही सुरु भएको भन्दै हाजिर नहुने डाक्टर र अन्य स्वास्थ्यकर्मीलाई कारबाही हुने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया