बहराइनमा थप १० जना नेपालीमा कोरोना सङ्क्रमण, सङ्क्रमित नेपालीको सङ्ख्या २२ पुग्यो

 चैत २६, २०७६ बुधबार २३:१७:२६ | उज्यालो सहकर्मी

काठमाण्डौ – बहराइनमा थप १० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासका अनुसार योसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या २२ पुगेको छ ।

यसअघि बहराइनमा १२ जना नेपालीमा सङ्क्रमण देखिएको थियो । केही समयअघि सल्माबादको एक म्याम्पमा एक जना विदेशीलाई कोरोना सङ्क्रमण देखिएपछि त्यहाँ कार्यरत सबै श्रमिकलाई क्वारेण्टीनमा राखेर कोरोना परीक्षण गरिएको थियो । यसमध्येबाट बुधबार थप १० जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको राजदूत सुन्दासले बताउनुभयो ।

यस्तै बहराइनले ७ अप्रिलदेखि लागू हुनेगरी सन् २०२० भरी नै अवैधानिक रुपमा बसेकालाई बहराइन छोड्न वा वैधानिक हुने अवसर दिइएको पनि बहराइनमा रहेको दूतावासले जनाएको छ ।

बहराइनले कोरोना रोकथामका लागि नियममा थप कडाइ गरेको छ । सङ्क्रमितले क्वारेण्टीनमा नबसेमा तीन महिना जेल सजाय र एक हजारदेखि १० हजारसम्म बहराइन दिनार जरिबाना हुनेछ ।

त्यहाँ कुनै पनि भेला सभा समारोह गर्न रोक लगाइएको छ । शैक्षिण संस्थाहरु बन्द छन् भने शैलुन, जिमदेखि सार्वजनिक ठाउँहरु पनि बन्द छन् । कोरोनाको कुनै लक्षण देखिएमा बहराइनको टोल फ्रि नम्बर ४४४ मा सम्पर्क गर्न सकिन्छ । अन्य कुनै समस्या भएमा दूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया