काठमाण्डाै उपत्यकासहित मध्य र पूर्वी पहाडी क्षेत्रमा हुरीबतास चल्ने

 चैत २७, २०७६ बिहिबार १२:२२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै उपत्यकासहित मध्य र पूर्वी पहाडी क्षेत्रमा बिहीबार दिउँसाेपछि हुरीबतास चल्ने मौसमविद्ले बताएका छन् ।

मध्य र पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पनि पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसोपछि हावाहुरी चल्नु प्रिमनसुन अर्थात् मनसुनअघिको अवस्थाको विशेषता हो । यो बेलामा जाडो कम हुँदै गर्मी बढ्ने भएकाले हावाहुरी चल्ने गर्छ ।

बिहान खुलेको मौसम दिउँसोपछि बदली भइ हावाहुरी र चट्याङ सहित पानी पर्नु प्रिमनसुनको विशेषता भएको मौसमविद् मानन्धरको भनाइ छ । उहाँका अनुसार आज काठमाण्डाै उपत्यकामा भने पानी पर्ने सम्भावना निकै कम छ । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया