दाङमा आठ जनाकाे काेराेना परीक्षण रिपाेर्ट 'नेगेटिभ'

 चैत २८, २०७६ शुक्रबार ८:२६:५७ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङकाे बेलझुण्डीमा रहेकाे क्वरेण्टीनमा भर्ना भएका २० जनामध्ये आठ जनाकाे काेराेना परीक्षण रिपाेर्ट नेगेटिभ आएकाे छ । बाँकी १२ जनाकाे नमुना परीक्षणकाे क्रममा रहेकाे जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना भाइरस फोकल पर्सन कमल चन्दले जानकारी दिनुभएको छ ।

कैलालीको गौरीफन्टा नाका भएर आएका चार जनाको रिपोर्ट नेगेटिभ आएको हाे । यस्तै एक जना रुपैडिहा नाका भएर आएका र थप तीन जना दुबईबाट आएका व्यक्तिकाे रिपोर्ट नेगेटिभ आएको हो ।

बेलझुण्डीमा गौरीफन्टा, दुबई, रुपैडिहा नाका भएर आएका तथा एक जना शान्ति नगरका र थप एक जना राप्ती प्रादेशिक अस्पतालका कार्यालय सहयोगी भर्ना भएका छन् । भैरहवामा धेरै स्वाब सङ्कलन भएपछि परीक्षणका लागि काठमाण्डाै पठाइएको थियो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया