आज र भाेलि देशका केही ठाउँमा चट्याङ र हुरीबताससहित पानी पर्ने सम्भावना

 बैशाख १, २०७७ सोमबार ८:१९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – साेमबार र मङ्गलबार देशका केही ठाउँमा चट्याङ र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले साेमबार र मङ्गलबार देशभरिकै मौसम आशिंकदेखि सामान्य बदली भइ केही ठाउँमा चट्याङ र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार साेमबार पश्चिमी क्षेत्रकाे तुलनामा मध्य र पूर्वी पहाडी क्षेत्रको धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । तर मङ्गलबार भने देशका धेरै ठाउँमा पानी पर्नेछ ।

मङ्गलबार तराईमा पहाडको तुलनामा अलि धेरै हुरीबतास चल्ने मौसमविद् कँडेलको अनुमान छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया