बैंक नखुल्दा सेवाग्राही समस्यामा

 वैशाख ४, २०७७ बिहीबार १५:३२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - 'लकडाउन' को समयमा बैंकले सेवा प्रवाह नगर्दा सेवाग्राही समस्यामा परेका छन् । 

भक्तपुरका अधिकांश सरकारी तथा निजी बैंकहरु लकडाउनयता बन्द भएपछि सेवाग्राहीले खातामा जम्मा गरेको पैसा झिक्न नपाएका हुन् । 

सूर्यविनायक नगरपालिका सिपाडोल–८ का राजन खड्काले बैंकमा राखेको पैसा झिक्न नपाएको भन्दै गुनासो गर्नुभयो । आफूसँग एटीएम कार्ड नभएको र पटक-पटक बैंकसँग सम्पर्क गर्दा पनि समस्या हल नभएको उहाँले बताउनु भयो । 

यस्तै भक्तपुर नगरपालिका १ च्यामासिंहका प्रविण श्रेष्ठ पनि बैंक नखुल्दा समस्या परेको बताउनुहुन्छ । उहाँले लकडाउन कहिलेसम्म लम्बिन्छ भन्ने ठेगान नभएको बेलामा खाद्यान्न, औषधिको जोहो गर्न र बिरामी परे उपचार गर्न केही पैसा घरमा राख्नु पर्ने भएपनि बैंकबाट पैसा निकाल्न नपाएको गुनासो गर्नुभयो । 

निश्चित समय सेवा दिनेगरि बैंकहरु संचालन गर्न सरकारले निर्देशन दिनु पर्ने स्थानीयको भनाइ छ । यतिबेला कतिपय स्थानीय सहकारीले भने सेवाग्राहीको घर-घरै पैसा पुर्याएर सहयोग गरिरहेको स्थानीय बताएका छन् । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया