सँगै काम गर्ने साथीहरुलाई सङ्क्रमण देखियो, हामीलाई डर बढेको छ

 बैशाख ४, २०७७ बिहिबार १८:३२:३४ | मेरो कथा मेरो भोगाई

भक्तबहादुर राना / सुर्खेत, हाल आबुधाबी, यूएई ।

विश्वभर जताततै कोरोनाको त्रास छ । मान्छे कामकाज छाडेर घरभित्र सुरक्षित साथ बसेका छन् । तर  म काम गर्ने ठाउँमा भने काम रोकिएको छैन । 

म आबुधाबीको विमानस्थलमा इतिहाद एयरवेजको इन्जिनियरिङमा काम गर्दै आएको करिब ६ महिना भयो । यहाँ हामी ४ सय ५० जना कार्यरत छौं । हाच्छ्यूँ गर्दा पनि सर्छ रे कोरोना । तर हामी त एकै ठाउँमा सयौं जना काम गर्छौं । 

काम चलिरहेकै छ । ४/५ दिन पहिले क्याम्पमै शिविर खडा गरेर पीसीआर प्रविधिबाट हाम्रो कोरोना परीक्षण भएको थियो । त्यस परीक्षणमा ५२ जनालाई कोभिड १९ पोजिटिभ देखाएको थियो । ती सबै सँगै काम गर्ने साथीहरु थिए । 

अहिले उनीहरुलाई अन्तै राख्ने तयारी भएको छ । त्यसमा भारतीय, पाकिस्तानी र बंगाली छन् । नेपाली पनि भएको भन्ने जानकारी छैन । हामी पहिले सँगैको कोठामा बस्थ्यौं । उनीहरुलाई के हुने हो थाहा छैन । मेरो मन आत्तिएको छ । 

एउटै कम्पनीका यति धेरै साथीहरु सङ्क्रमित भइसकेपछि भोलि हामीलाई पनि के हुने हो भन्न सकिन्न । काम गर्ने बेला सामान्य स्वास्थ्य सुरक्षाका कुरा त अपनाइन्छ, तर त्यतिले मात्र केही होला जस्तो लाग्दैन ।

सरकारले कता, कोसँग कुरा गरेको छ रे । खै कोसँग गरेको हो, यहाँ काम गर्ने हामीहरुलाई केही थाहा भएन । अर्काको देशमा आएर नेपालीहरु यसरी जोखिमपूर्ण अवस्थामा हुँदा पनि सरकारले केही गरेको छ जस्तो लाग्दैन ।

हामी बरु नेपालमा एक महिना नै क्वरेन्टीनमा बस्न तयार छौं तर यहाँ बस्न सक्दैनौं ।

 

 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया