चीनकाे अर्थतन्त्रमा झण्डै सात प्रतिशतले गिरावट

 वैशाख ५, २०७७ शुक्रबार १०:५६:१२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – सन् २०२० को पहिलो तीन महिनामा चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ६ दशमलव ८ प्रतिशतले कमी आएको छ । यो कमी सन् २०१९ को पहिलो तीन महिनाको तुलनामा हो । तर पछिल्लो तीन महिनासँग यसको तुलना गर्ने हो भने चिनियाँ अर्थव्यवस्था झन् धेरै खस्किएकाे छ । पछिल्लो तीन महिनाको तुलनामा यो ९ दशमलव ८ प्रतिशतले कमी हो । 

शङ्घाईमा रहेका बीबीसी संवाददाता रोबिन ब्रान्टका अनुसार कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएपछि चीन अर्थव्यवस्थामा परेको प्रभावसँग सम्बन्धित आधिकारिक तथ्याङ्क सार्वजनिक गर्ने विश्वको पहिलो देश हो । 

चिनियाँ अधिकारीहरुका अनुसार अर्थव्यवस्थामा कमी आए पनि रोजगार स्थिर रहेको र अभाव छैन । यद्यपि अहिले बेरोजगारी ६ दशमलव २ प्रतिशत छ । 

तर चीनको सार्वजनिक गरेको तथ्याङ्कमा विश्वास गर्न गाह्रो छ । बीबीसी संवाददाता रोबिन ब्रान्टका अनुसार सरकारी तथ्याङ्क सार्वजनिक गर्ने मामिलामा चीनको छवि स्पष्ट छैन । 

उनका अनुसार चीनको सरकारी तथ्याङ्कले चीनको वास्तविक अर्थव्यस्थाको साटो मात्र एक सङ्केतको दिशा दिन्छ । 

चीनको तथ्याङ्क ब्युरोका अनुसार कोरोनाका कारण केही समयको लागि अर्थव्यवस्था प्रभावित भए पनि लामो समयसम्म यसले विकासमा प्रभाव पार्ने छैन । ब्युरोका अनुसार चिनियाँ अर्थव्यवस्थाको आधार बलियो छ, त्यसमा केही परिवर्तन भएको छैन । आर्थिक सुधारबाट घरेलु मागमा बढोत्तरी हुनेछ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया