काठमाण्डाैकाे सिनामङ्गलमा दम्पती मृत भेटिए
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ - चीनले कोरोना भाइरस सङ्क्रमणको उद्गमस्थल वुहानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या सच्याएको छ ।
चीनले सार्वजनिक गरेको विवरणअनुसार वुहानमा कोरोनाको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या झण्डै ५० प्रतिशतले धेरै रहेको बीबीसीले जनाएको छ ।
वुहानमा ज्यान गुमाएको संख्यामा १२ सय ९० थपिएको छ । योसँगै वुहानमा ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ६९ पुगेको छ । तर नयाँ बिरामीको ज्यान गएको नभइ ज्यान गुमाएका पुरानै व्यक्तिहरुको विवरण थपिएकाले आत्तिनु पर्ने अवस्था नरहेको चिनियाँ अधिकारीले बताएका छन् ।
यसअघि चीनलाई कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या लुकाएको आरोप लाग्ने गरेको थियो । चीनमा अहिलेसम्म ८२ हजार ६ सय ९२ सङ्क्रमितमध्ये झण्डै ७८ हजार जना निको भइसकेका छन् भने ४ हजार ६ सय ३२ जनाको ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सौगात दाहाल
April 17, 2020, 2:32 p.m.अन्य देश हरु मा जे जे भए पनि केहि खाडि मुलुक मा एकिन तंथ्याकं प्रकाश मा ल्याईदैन। यि कुरा को मध्यनजर गर्दै सानो सल्लाह सहित को पत्र सरकार लाई लेखेको थिए प्रकासित गर्दिनु हुन्थियो कि ?