बुधबारकाे माैसम : पहाडी तथा मध्य र पूर्वका केही ठाउँमा मेघगर्जन, हावाहुरी र असिनासहित पानी पर्न सक्ने

 बैशाख १०, २०७७ बुधबार ८:१४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बुधबार पहाडी क्षेत्रका धेरै तथा मध्य र पूर्वी तराईका केही ठाउँमा मेघगर्जन, हावाहुरी र असिनासहित पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । 

स्थानीयसँगै पश्चिमी वायुको प्रभावले पहाडी क्षेत्रका धेरै तथा मध्य र पूर्वी तराईका केही ठाउँमा मेघगर्जन, हावाहुरी र असिनासहित पानी पर्न सक्ने मौसमविद्ले बताएका हुन् । यसकै प्रभावले अहिले मध्य र पूर्वी क्षेत्रको मौसम सामान्यदेखि पूर्ण बदली भइ पश्चिमी क्षेत्रको मौसम आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज दिउँसोपछि देशभर आंशिकदेखि सामान्य बदली भइ पहाडका धेरै तथा मध्य र पूर्वी तराईका थोरै ठाउँमा मेघगर्जन हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया