कोरोना सङ्क्रमित ४५ मध्ये सात जना उपचारपछि निको

 बैशाख १०, २०७७ बुधबार १७:२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपालमा अहिलेसम्म ४५ जनालाई कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । आज थप ३ जनालाई सङ्क्रमण भएको पुष्टि भएसँगै संक्रमितको संख्या ४५ पुगेको हो । सङ्क्रमित ४५ मध्ये सात जना भने उपचार पछि घर फर्किएका छन् ।

आजै दुई जनालाई डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार सेती प्रादेशिक अस्पतालमा उपचाररत ४० वर्षका एक जना १९ दिन पछि अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

यस्तै, काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत अर्का एक जना कोरोना सङ्क्रमित पनि डिस्चार्ज भएका छन् ।  धादिङका ३२ वर्षका सङ्क्रमितको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएको र डिस्चार्ज गरेको मन्त्रालयले जनाएको छ।

उहाँ गएको चैत ६ गते दुबईबाट नेपाल आउनुभएको थियो । उहाँ निको हुनेमा छैटौं व्यक्ति हुनुहुन्छ । नेपाल आएपछि होटलमा बसेको छैटौं दिनमा उहाँ अस्पताल पुग्नुभएको थियो । परीक्षण गर्दा १२ गते कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको थियो ।

कोरोना सङ्क्रमितको उपचार कहाँ कहाँ

कोरोना सङ्क्रमित ४५ जना मध्ये लपलतपुरको पाटन अस्पताल र धनगढीमा दुई जना, बाग्लुङमा एक जना, वीरगञ्जमा ४ जना र विराटनगरको कोशी अस्पतालमा २४ जनाको उपचार भइरहेको छ ।

आज थपिएका ३ जनाको पनि कोशी अस्पतालमा उपचारका लागि लगिने भएको छ । अहिलेसम्म कोरोनाको आशंकामा ९ हजार ११ जनाको पीसीर विधिमार्फत परीक्षण भएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया