तिब्बतले दिएका मेडिकल सामग्री काठमाण्डौ आउँदै, भारतले मन्त्रालयमै पुगेर हस्तान्तरण  गर्यो

 वैशाख १०, २०७७ बुधबार १७:२६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

 काठमाण्डौ - चीन र भारतले नेपाललाई विभिन्न मेडिकल सामग्री सहयोग गरेका छन् ।

तिब्बत सरकारले दिएका कोरोनाको जाँच गर्ने पीसीआर मेसिनसहितका सामग्री बुधबार तातोपानी भन्सार आइपुगेका छन् ।

ती सामग्री चीनका प्रतिनिधिले स्वास्थ्य मन्त्रालयका विशेषज्ञ रोशन पोख्रेललाई हस्तान्तरण गरेका छन् । तिब्बतले २ वटा पीसीआर मेसिन, एक हजार थान थर्मल गन, २० हजार टेस्टिङ किट, १० हजार पीपीई र १० हजार एन ९५ मास्क नेपाललाई पठाएको छ । यी सामान आजै साँझसम्म काठमाण्डौ आइपुग्नेछन् । 

यस्तै भारत सरकारले पनि नेपाललाई २३ टन सामग्री सहयोग गरेको छ । यी सामान विभिन्न चरणमा नेपाललाई उपलब्ध गराइने भारतीय दूतावासले जनाएको छ । १८ प्रकारका सामग्रीमध्ये केही सामग्री भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गर्नुभएको छ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया