आज पनि पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना

 बैशाख ११, २०७७ बिहिबार ८:२२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – आज (बिहीबार ) पनि पहाडी क्षेत्रका धेरै ठाउँमा दिउँसोपछि मेघगर्जन, हावाहुरी र असिना पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

स्थानीय र पश्चिमी वायुको प्रभावले पहाडका धेरै ठाउँमा दिउँसोपछि मेघगर्जन, हावाहुरी र असिना पानी पर्ने सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रिमनसुनी अर्थात् मनसुनअघिको गतिविधि सक्रिय भएकाले दिउँसोपछि पानी पर्नेछ । यस्तै शुक्रबार पश्चिम तथा मध्य र पूर्वका केही ठाउँमा पानी पर्नेछ । शनिबार भने अलि थोरै पानी पर्ने उहाँको अनुमान छ ।

प्रिमनसुन चलिरहेकाले बिहान खुलेको मौसम दिउँसोपछि बदली भइ मेघगर्जन, हावाहुरी र असिनासहित पानी पर्नु स्वभाविक भएको मौसमविद् अर्यालको भनाइ छ ।  

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया