शेयर बजार २ हजार ७ सय ५५ विन्दुमा, ११ अर्ब ५४ करोड रुपैयाँक...
फागुन ११, २०८१ आइतबार
भक्तपुर - भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले लकडाउनको समयमा पनि डायलसिसका बिरामीलाई सेवा दिइरहेको छ ।
लकडाउनका कारण सुरुका दिन डायलाइसिसको समय घटाएको भए पनि अहिले केन्द्रले नियमित सेवा दिइरहेको छ । ३० वटा डायलसिस मेसिनबाट सेवा दिइरहेको केन्द्रमा अहिले दैनिक ७५ जना मिर्गौलाका बिरामीले डायलाइसिसको सेवा लिइरहेका छन् ।
दैनिक तीन सिफ्ट गरेर मिर्गौलाका बिरामीहरुको डायलसिस गर्दै आएको केन्द्रले जनाएको छ । अहिले केन्द्रका चिकित्सक तथा नर्सहरुको आलोपालो गरेर सेवा दिइरहेका छन् । लकडाउनको दुई हप्ता पर्याप्त सामान मौज्दात नहुने डायलसिसको समय घटाइएको थियो ।
तर अहिले सबै व्यवस्थापन गरेर सबै बिरामीको तीनपटक नै डायलसिस गर्ने गरेको केन्द्रकी नेफ्रोलोजी विभाग प्रमुख डा. कल्पना श्रेष्ठ जानकारी दिनुभयो । केन्द्रमा डायलसिस गराउने प्रतीक्षासूचीमा भने एक सय ८७ बिरामीहरु रहेको अस्पतालले जनाएको छ । केन्द्रमा अन्तरंग र शल्यक्रिया बाहेकका सबै सेवा लकडाउनको समयमा पनि सञ्चालनमा रहेका केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताउनुभयो ।
केन्द्रमा आकस्मिक डायलसिस गर्नुपर्ने बिरामीहरु पनि आउने गरेका छन् । दिनमा पाँचदेखि सात जनासम्म आकस्मिक डायलसिस गर्नुपर्ने बिरामी आउने गरेको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।
केन्द्रमा मिर्गौला तथा कलेजो प्रत्यारोपण गरेका बिरामी तथा दाता बिरामीहरुलाई दिनुपर्ने आकस्मिक उपचारसमेत नरोकिएको उहाँले बताउनुभयो । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले घोषणा गरेको लकडाउन लम्बिँदा मिर्गौला बिरामीहरु प्रभावित हुन थालेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।