पाथीभरामा केबुलकार निर्माणको विषयलाई लिएर सांसदहरूले सरकार...
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणलाई थप व्यवस्थित गर्न टोली गठन गर्ने भएको छ ।
विभिन्न पालिकामा खटिने गरी जनस्वास्थ्य अधिकृत, ल्याब प्रयोगशालाको कर्मचारी र नर्स सम्मिलित तीन सदस्यीय टोली गठन गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाको रोकथामका लागि हरेक गाउँपालिकामा एउटा, नगरपालिकामा दुई वटा, उपमाहानगरपालिकामा तीन वटा र महानगरपालिकामा ५ वटा टोली खटाइने जानकारी दिनुभयो ।
यो टोलीमा पालिकामा उपलब्ध स्वास्थ्यकर्मीलाई परिचालन गरिने छ । तर अपुग भएमा अरु ठाउँबाट पनि खटाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिले ४८ जनालाई कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ भने सक्रमितमध्ये १० जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।