पाथीभरामा केबुलकार निर्माणको विषयलाई लिएर सांसदहरूले सरकार...
फागुन ११, २०८१ आइतबार
भक्तपुर - कोभिड-१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा भक्तपुरको जगाती नाका भएर ५४ हजार मानिसले उपत्यका छाडेका छन् ।
विगत चार दिनयता मात्रै ४० हजारभन्दा बढी आफ्नो घर फर्किएका छन् । महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सविन प्रधानका अनुसार जगाती नाका भएर ५४ हजारभन्दा बढी नागरिकले उपत्यका छाडेर विभिन्न जिल्ला गएका छन् ।
उहाँले भन्नुभयो, ‘जगाती नाका भएर लकडाउनको दोस्रो हप्तापछि हिँडेरै जानेहरु धेरै भए, उनीहरुको समस्या भएको जानकारी आएपछि जगातीमै खाना खुवाउने र गाडीमा हालेर पठाउन सुरु भयो, स्थानीय सरकारको सहयोगमा यहाँका मजदुरदेखि विभिन्न जिल्लाका नागरिक जिल्ला फर्केका छन् ।’
उहाँका अनुसार सबैभन्दा धेरै दोलखा, रामेछाप, सिन्धुलीका नागरिक फर्किएका छन् भने त्यसबाहेक रोल्पा, रुकुम, जाजरकोट, सल्यान, दाङलगायत अन्य जिल्लाका रहेका छन् । उनीहरुलाई बेलुकासम्ममा गाडीमा हालेर पठाउने प्रहरीले तयारी गरेको छ ।
भक्तपुरका इँटा भट्टामा १७ हजारभन्दा बढी मजदुरलाई घर फर्काएको छ । अझै करिब दुई हजार ४०० मजदुर इँटाभट्टामा अलपत्र छन् । इँटा भट्टामा घर जान बाँकी भएका मजदुरलाई पनि घर पठाउने तयारी भइरहेको बताउँदै प्रहरी उपरीक्षक प्रधानले इँटाभट्टामा तीन हजार मजदुर रहेको बताउनुभयो ।
भारतीय मजदुरलाई भने अन्तर्राष्ट्रिय नाका नखुलेसम्म पठाउन नसकिने भएकाले उनीहरुको खाने र बस्ने व्यवस्थापन इँटाभट्टा सञ्चालकहरुले नै गर्नुपर्ने भएको छ । पालिकाले पनि बस रिजर्भ गरेर आफ्ना स्थानीयलाई फिर्ता लगेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।